काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले एनसेलसँग मिलेर “न्यु यियर, न्युमी विद एनसेल एण्ड रियलमी” नामक विशेष योजना सार्वजनिक गरेको छ । टेक्नोलोजी र कनेक्टिभिटीको राम्रो मिलन गराउने उद्देश्यसहित ल्याइएको यो अफर नेपाली ग्राहकको नयाँ वर्षलाई झनै रमाइलो बनाउँदै निकै उपयोगी बन्ने कम्पनीको दाबी छ ।
यस योजना अन्तर्गत प्रयोगकर्ताले एनसेलको ७ दिनको अनलिमिटेड डाटा भौचरसँगै ५० मिनेटको टक टाइम पनि निःशुल्क प्राप्त गर्नेछन्। फोर जी र भोल्टेको सुविधा उपयोग गर्न चाहनेहरूका लागि यो एक उपयुक्त सुरुवात भएको कम्पनीले जनाएको छ ।
नयाँ रियलमी सी७५ दुई वटा स्टोरेज भेरिएन्टमा उपलब्ध छ। ८+१२८ जिबिको लागि मूल्य २६ हजार ९९९ रुपैयाँ र ८+२५६ जिबिको लागि २९ हजार ९९९ रहेको छ । फोनमा ६ हजार एमएएचको शक्तिशाली ब्याट्री भएकोले दिनभरि आरामसँग चलाउन सकिन्छ । साथै, आइपी ६९ धुलो र पानी प्रतिरोधी भएकाले फोन पानी, धुलो र झट्काबाट सुरक्षित हुन्छ । वाटर प्रुफ, वोरी प्रुफ र ड्रप प्रुफ भनेर ल्याइएको यो फोन वास्तवमै एक उपयुक्त रोजाइ हुने कम्पनीको भनाई छ ।
यो अफर सीमित अवधिका लागि देशभरका रियलमीको आधिकारिक स्टोरमार्फत सीमित अवधिका लागि उपलब्ध हुनेछ ।