काठमाडौं । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत पदमा ज्ञानेन्द्र इवाहाङ नियुक्त भएका छन्। वैशाख १७ गते बसेको कम्पनीको संचालक समितिको बैठकले उनलाई ४ वर्षको लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।
हाल फाइनान्सको सिनियर म्यानेजर रहेका इवाहाङलाई वैशाख २१ गतेबाट लागु हुने गरि सीईओमा नियुक्त गरिएको हो ।
यस अघि गत चैत्र १० गते बसेको संचालक समितिको बैठकले चैत्र ११ गतेबाट लागु हुने गरि उनलाई ४ वर्षको लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको थियो। उक्त नियुक्तीलाई राष्ट्र बैंक खारेज गर्न निर्देशन दिएको थियो । निर्णय भएको ६ घण्टा पनि नबित्दै उनको नियुक्ति खारेज भएको थियो।