शीर्षकहरू

लिवर्टी इनर्जीले बडिगाड खोलाको लाइसेन्स आफ्नै स्वामित्वकाे कम्पनीलाई बेच्यो

लिवर्टी इनर्जीले बडिगाड खोलाको लाइसेन्स आफ्नै स्वामित्वकाे कम्पनीलाई बेच्यो

काठमाडौं । लिवर्टी इनर्जी कम्पनीले आफ्नो स्वामित्वमा रहेको बागलुङ जिल्ला स्थित २४.६ मेवा क्षमताको बडिगाड खोला जलविद्युत आयोजनाको लाइसेन्स आफ्नै  स्वामित्वमा रहेको कम्पनीलाई बिक्री गरेको छ ।

कम्पनीले आफ्नो सतप्रतिशत स्वामित्व रहेको बडिगाड हाइड्रोपावर लिमिटेडलाई लाईसेन्स बिक्री गरेको हो । वैशाख १७ गते सो लाइसेन्स बडिगाड हाइड्रोपावर लिमिटेडको नाममा हस्तान्तरण गरिएको विद्युत विकास विभागले जानकारी दिएको हो ।

यस अघि तोकिएको अवधि भित्रै विद्युत खरिद बिक्री सम्झौता र वित्तीय व्यवस्थापनको सम्झौता गर्ने शर्त सहित विभागले लाइसेन्स हस्तान्तरण गरेको सूचनामा उल्लेख छ ।

लिबर्टीले सहायक कम्पनी बडिगाडमा १२ करोड ५ लाख २९ हजार रुपैयाँ लगानी गरेको छ।