शीर्षकहरू

तेह्रथुम पावर कम्पनी पायो शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति

तेह्रथुम पावर कम्पनी पायो शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले तेह्रथुम पावर कम्पनी लिमिटेडलाई हकप्रद निष्काशनको अनुमति दिएको छ । आज वैशाख १९ गते बोर्डले कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको हो। अनुमति पाएसँगै कम्पनीले ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।

शेयर निष्काशनको लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिसकेको छ।