काठमाडौं । सरकारले सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने भएको छ । सरकारले बैंकहरुको गैरबैंकिङ सम्पत्ति र खराब कर्जा सम्हाल्नका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने भएको हो ।
आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम आज वैशाख १९ गते सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । पछिल्लो समय बैंकहरुको खराब कर्जा बढ्दै गएको तथ्यांक सार्वजनिक भएको छ । यसका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्न विज्ञहरुले सुझाव दिइँदै आएका थिए ।
नेपाल राष्ट्र बैंकले कम्पनी सञ्चालनका लागि ऐन ड्राफ्ट बनाएर अर्थ मन्त्रालयमा पठाइसकेको छ ।