शीर्षकहरू

गम्भीर रोगको उपचार पनि स्वास्थ्य बीमाबाट गरिने

गम्भीर रोगको उपचार पनि स्वास्थ्य बीमाबाट गरिने

काठमाडौं । सरकारले गम्भीर प्रकृतिको रोगको उपचार पनि स्वास्थ्य बीमाबाट गर्ने घोषणा गरेको छ । 

सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

गम्भीर रोगको उपचारका लागि स्वास्थ्य बीमाको थैली सुविधा विस्तार गरिनेछ । स्वास्थ्य बीमाको व्ययभार कम गर्न सबै खालका स्वास्थ्य सेवालाई एकै प्रणालीबाट वितरण गरिने भएको छ ।