शीर्षकहरू

तीव्र आर्थिक विकास हासिल गर्न सरकार कटिबद्ध, राजनीतिक उपलब्धि रक्षा गर्न दृढ

तीव्र आर्थिक विकास हासिल गर्न सरकार कटिबद्ध, राजनीतिक उपलब्धि रक्षा गर्न दृढ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान सरकार गठनका समयमा भएको संयुक्त सरकारको न्यूनतम साझा प्रतिबद्धता र प्राथमिकतालाई केन्द्रमा राखी साझा संकल्प साथ सरकार अघि बढिरहेको बताएका छन् ।

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को  नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले सुशासन प्रवर्द्धनका लागि तीव्र आर्थिक विकास हासिल गर्न सरकार कटिबद्ध रहेको उल्लेख गरे ।

राष्ट्रपति पौडेलले भने, “प्रत्येक नेपालीलाई आफ्नो इतिहास र स्वाभिमान, संघर्ष र बलिदान, परिवर्तन र उपलब्धिप्रति गौरवबोध गराउन, जनतामा राज्यप्रति थप आशा र भरोसा प्रदान गर्न, आर्थिक गतिशीलता बढाउन, भ्रष्टाचार नियन्त्रण र दण्डहीनता अन्त्य गर्न सरकार प्रतिबद्ध छ ।”

‘राजनीतिक उपलब्धि रक्षा गर्न सरकार दृढ’

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै नेपाली जनताको बलिदान, सङ्घर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्वको उपलब्धिको रक्षा गर्न वर्तमान सरकार दृढ रहेको बताएका छन्।
     
संघीय संसद्को संयुक्त बैठकमा आज सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले गणतान्त्रिक व्यवस्थाकाविरुद्ध हुने कुनै पनि प्रकृतिका प्रतिक्रियावादी अराजक गतिविधिको प्रतिवाद गरिने बताए।

“राष्ट्रिय आवश्यकता र जनचाहनाअनुरुप लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवादोन्मुख आर्थिक, सामाजिक रुपान्तरणका लागि, राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाक्ष पूरा गर्न सरकार प्रतिबद्ध छ”, राष्ट्रपति पौडेलले भने