शीर्षकहरू

स्टार्टअप कर्जा विस्तार गरिने

स्टार्टअप कर्जा विस्तार गरिने

काठमाडौं । सरकारले स्टार्टअप कर्जा विस्तार गर्ने घोषणा गरेको छ ।

सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

नवप्रवर्तनमा आधारित स्टार्टअप उद्यमीलाई प्रोत्साहित गर्न स्टार्टअप कर्जा कार्यक्रम विस्तार गरिने उनले बताएका छन् । प्रदेश तथा स्थानीय सरकार एवम् निजी क्षेत्रसँग समन्वय र सहकार्यमा स्टार्टअप उद्यमीहरुलाई व्यवसाय प्रवर्द्धन, क्षमता अभिवृद्धि, सेवा, बजारीकरण र मूल्यश्रृङख्लामा निर्माण गर्न सबै प्रदेशमा व्यवसाय प्रबर्द्धन केन्द्र स्थापना र सञ्चालन गरिनेछ । 

इकमर्श मार्फत व्यापारको विकास गरिनेछ । बौद्धिक सम्पतिको संरक्षण तथा नवप्रवर्तन प्रबर्द्धन गरिनेछ ।