शीर्षकहरू

घण्टामा आधारित ज्यालादारी प्रणाली लागू गरिने

घण्टामा आधारित ज्यालादारी प्रणाली लागू गरिने

काठमाडौं । सरकारले कार्य घण्टामा आधारित ज्यालादारी प्रणाली लागु गर्ने घोषणा गरेको छ । 
सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

राष्ट्रपति पौडेलले इन्टर्नलाई पनि स्टार्टअपमा संलग्न गर्न कार्य घण्टामा आधारित ज्याला प्रणाली लागु गरिने घोषणा गरेका हुन् । 

त्यस्तै, योगदानमा आधारित सामाजिक सुरक्षालाई अनिवार्य गरिनेछ । कम्पनी, संस्था, सहकारी, फर्म वा अन्य संगठित संस्थाको नवीकरण गर्दा श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराई नियमित योगदान गरेको प्रमाण संलग्न गर्नुपर्ने कानुनी व्यवस्था गरिने राष्ट्रपति पौडेलले घोषणा गरेका छन् ।