काठमाडौं । सरकारले एक स्थानीय तह : एक स्मार्ट हुलाक बनाइने घोषणा गरेको छ ।
सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।
शुक्रबार प्रतिनिधि सभामा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले ‘एक स्थानीय तह : एक स्मार्ट हुलाक’ को अवधारणाको कार्यान्वयन गरिने बताए । त्यस्तै, हुलाक सेवाको पूर्वाधारलाई व्यवस्थित गर्दै कार्यक्षेत्रको विविधीकरण, सेवा प्रवाहमा आधुनिकीकरण र व्यवसायीकरण गरिने बताएका छन् ।
दूरसञ्चार क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग र पूर्वाधारको व्यवस्थापन मार्फत गुणस्तरीय दुरसञ्चार सेवाको देशव्यापी पहुँच विस्तार गरिनेछ । सार्वजनिक सेवा प्रसारण संस्थाको सबलीकरण गर्दै आमसञ्चार सामग्री उत्पादन, प्रकाशन र प्रसारणलाई प्रभावकारी बनाइने सरकारले घोषणा गरेको छ ।