काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले एफपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ । किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाबीच मर्जरपछि बनेको मातृभूमि लघुवित्तले संस्थापक साधारण शेयर अनुपात मिलाउन एफपीओ जारी गर्न लागेको हो ।
लघुवित्तले नेपाल धितोपत्र बोर्डमा साढे ११ करोड रुपैयाँ बराबरको एफपीओ ल्याउन गत चैत २१ गते अनुमति मागेको छ । धितोपत्र बोर्डले अनुमति दिएमा संस्थाले ११ करोड ४९ लाख ९८ हजार २५९ दशमलव ७६ रुपैयाँ बराबरको एफपीओ ल्याउनेछ ।
लघुवित्त संस्थाले बोर्डबाट अनुमति पाएपछि १०० रुपैयाँ दरका कुल ११ लाख ४९ हजार ९८२ दशमलव ६० कित्ता एफपीओ सर्वसाधारणलाई बिक्री खुला गर्नेछ ।
संस्थाको एफपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।