शीर्षकहरू

बर्षाका कारण हवाई उडान प्रभावित, जजिरा एयर बनारस डाइभर्ट

बर्षाका कारण हवाई उडान प्रभावित, जजिरा एयर बनारस डाइभर्ट

काठमाडौं । अविरल बर्षाका कारण हवाई उडान प्रभावित भएको छ । निरन्तरको वर्षाले ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका विभिन्न विमानस्थलको उडान प्रभावित भएको हो।

खराब मौसम तथा कम ‘भिजिबिलिटी’ का कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए । उनका अनुसा बिहान ‘इन् रुट वेदर’ का कारण अन्तर्राष्ट्रियतर्फ जजिरा एयरको विमान भारतको बनारस डाइभर्ट हुनुका साथै आन्तरिकमा बुद्ध एयरको पर्वतीय उडान (माउन्टेन फ्लाइट)को विमान डाइभर्ट भएको थियो । 

यस्तै, रामेछापबाट लुक्ला उड्ने समिट र तारा एयरका तीन विमान लुक्लाको खराब मौसमका कारण डाइभर्ट भएका छन्। वर्षा रोकिए पनि दुर्गम क्षेत्रका विमानस्थलमा केही उडान अवरुद्ध भएका छन् भने नेपाल वायुसेवा निगमको काठमाडौं–थामखर्क गन्तव्यको उडान पनि डाइभर्ट भएको उनले बताए।