शीर्षकहरू

तेह्रथुम पावरको हकप्रद निष्कासनका लागि बुक क्लोज

तेह्रथुम पावरको हकप्रद निष्कासनका लागि बुक क्लोज

काठमाडौं । तेह्रथुम पावर कम्पनीले हकप्रद निष्कासनका लागि  जेठ ५ गते बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ४० करोड रुपैयाँको १ः१ अनुपातमा प्रतिशेयर १०० अंकित दरका ४० लाख कित्ता हकप्रद निष्कासन गर्दैछ ।  जेठ ४ गतेसम्म कायम रहने शेयरधनीले हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।  

साथै कम्पनीले धितोपत्र दलालहरूलाई सम्बन्धित खरिदकर्ता शेयरधनीको हितग्राही खातामा शेयर ट्रान्सफर गरिदिन पनि आग्रह गरेको छ ।  कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको हो।

अनुमति पाएसँगै कम्पनीले ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिसकेको छ।