शीर्षकहरू

सेरामिक टायल्सका लागि गुणस्तर चिन्ह प्रदान गर्दै सरकार, आयात रोकिने अपेक्षा

सेरामिक टायल्सका लागि गुणस्तर चिन्ह प्रदान गर्दै सरकार, आयात रोकिने अपेक्षा

काठमाडौं । निर्माण सामग्रीको गुणस्तरमा एकरूपता ल्याउन र उपभोक्ता सुरक्षा सुनिश्चित गर्न नेपाल सरकारले पहिलो पटक नेपाल स्ट्यान्डर्ड (NS) चिन्ह अन्तर्गत सिरेमिक टाइल्सको प्रमाणिकरणका लागि मापदण्ड निर्माण गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागको अगुवाइमा मापदण्ड ड्राफ्ट तयार गरिएको छ ।

मापदण्ड तयार पार्न विभागले एक प्राविधिक समिति बनाएको थियो । समितिले नै मापदण्डको ड्राफ्ट निर्माण गरेको हो । सुझाव संकलनका लागि उक्त ड्राफ्ट विभागको वेवसाईटमा राखिएको छ । अबको ६० दिनपछि उक्त मापदण्ड लागु गर्ने तयारी रहेको विभागका निर्देशक अनिल शाक्यले बताए । उक्त मापदण्ड कार्यान्वयन गरेपछि नेपालका सेरामिक टायल्सले गुणस्तर मापदण्ड चिन्ह पाउनेछन् । 

विभागले तयार पारेको गुणस्तरको मापदण्ड ड्राफट अनुसार टायल्सको पानी शोस्न सक्ने क्षमताको आधारमा गुणस्तर निर्धारण गरिनेछ । उच्चस्तरको गुणस्तरलाई फुल्ली भिट्रीफाइड टायल्स भनिन्छ । यसले ०.०८ वा सो भन्दा कम पानि सोस्छ । ३ प्रतिशत वा सो भन्दा कम पानी सोस्नेलाई पोर्सिलेन टायल्स भनिन्छ । यसैगरी, ६ देखि १० प्रतिशत पानि सोस्नेलाई सेरामिक फ्लोर टायल्स र १० प्रतिशत भन्दा बढी पानी सोन्सेलाई सेरामिक वाल टायल्स भनिन्छ । 

अलग अलग स्थानका लागि अलग अलग गुस्तरको टायल्स प्रयोग गर्नुपर्छ । मानिसहरू धेरै हिड्ने स्थानहरुमा, धेरै पानि हुने ठाउँमा, भित्तामा अलगै टायल्स प्रयोग गर्नुपर्ने हुन्छ । गुणस्तर प्रदान गरेपछि मानिसहरुलाई कुन स्थानमा कुन टायल्स प्रयोग गर्ने भन्नेबारे जानकारी हुने लामिनार टायल्सका अध्यक्ष सुब्रत धितालले जानकारी दिए ।

nullगुणस्तर मापदण्डले स्वदेशी उत्पादनको विश्वास र उपभोग बढ्ने अपेक्षा 

नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक अनिल शाक्यका अनुसार नेपालमा सेरामिक टायल्सहरुको प्रयोगसँगै उत्पादित कम्पनीहरूको पनि वृद्धि हुँदै गएको छ । नेपालमा हाल ७ वटा कम्पनीहरू सञ्चालनमा छन् । कम्पनीहरुले यस प्रकारको गुणस्तर चिन्ह उपलब्ध गराउन माग गरेकाले विभाग त्यसको मापदण्ड निर्माणमा जुटेको उनले बताए । 

मापदण्ड कार्यन्वयनमा आएपछि कम्पनीहरुले चिन्ह प्राप्त गर्नका लागि विभागका आवेदन दिन सक्ने उनले जानकारी दिए । ‘आवेदन अनुसार हामीले कम्पनीहरुको उत्पादन मापदण्ड अनुसारको छ कि छैन भनेर जाँच विभागले हेर्छ । मापदण्ड अनुसार भएको खण्डमा हामी चिन्ह प्रदान गर्छ,’ उनले भने ।  

त्यसका लागि कम्पनीले केही शुल्क भुक्तानी गर्नुपर्छ । उक्त गुणस्तर चिन्ह कम्पनीहरुले हरेक वर्ष नवीकरण गर्नुपर्छ । नवीकरण गर्दा पनि विभागले ल्याब टेस्ट गर्छ । त्यस पास भए चिन्ह नवीकरण हुन्छ । फेल भए नवीकरण रोकिने उनले बताए । 

निर्देशक शाक्यका अनुसार समय समयमा कम्पनीमै गएर पनि विभागले अनुगमन गर्दछ । उत्पादनको ल्याब टेस्ट गर्छ । ग्राहक कहाँ गएर पनि उत्पादनको स्याम्बल ल्याएर ल्याब टेस्ट गर्छ । मापदण्ड अनुसार नभएमा चिन्ह खारेज गरिदिन्छ ।  

यो चिन्ह नेपाली कम्पनीले मात्रै होइन, विदेशी कम्पनीले पनि लिन पाउँछ । त्यसका लागि उनीहरुले पनि आवेदन दिनु पर्दछ । सोही अनुसार मापदण्ड पुरा भएमा उनीहरुलाई पनि विभागले चिन्ह प्रदान गर्दछ । 

यसैगरी, गुणस्तर चिन्ह प्राप्त गरेपछि विशेषगरी उपभोक्तालाई नै फाइदा पुग्ने लामिनार टायल्सका अध्यक्ष सुब्रत धिताल बताउँछन् । उनका अनुसार टायल्सका विभिन्न गुणस्तरहरु हुन्छन् । बजारमा कमसल देखि गुणस्तर टायल्ससम्म पाइन्छ । 

उक्त चिन्ह प्राप्त गरेपछि उपभोक्ता तथा ग्राहकले पनि कुन टायल्स गुणस्तर हो भनेर बुझन सक्ने उनको भनाई छ । यसैगरी, गुणस्तर चिन्ह लागु भएपछि बिक्री गर्ने डिलरहरुले पनि आफुले बिक्री गरेको टायल्सको गुणस्तर के हो भनेर जानकारी पाउने छन् । यसले सबै सरकारवालालाई फाइदा पुग्ने गर्दछ । 

उनका अनुसार गुणस्तर चिन्ह पाएपछि विदेश निर्यात गर्न पनि सहज हुनेछ । हाल नेपालमा वार्षिक १७ करोड स्कूअर फिट टायल्स खपत हुन्छ । त्यसको एक तिहाई अर्थात् करिब ६ करोड स्कूअर फिट टायल्स भारतबाट आयत हुन्छ । ११ करोड स्कूअर फिट आन्तरिक उत्पादन हुन्छ । नेपालमा उद्योगहरुले आन्तरिक माग पूरा गर्न र केही विदेश निर्यात गर्ने गरि उत्पादन गर्न सक्छन् । तर, गुणस्तर चिन्ह नभएका कारण नेपामै पनि नेपालको उत्पादन पूर्ण रुपमा बिक्री गराउन नसकिरहेको अवस्था रहेको उनी बताउँछन् । 

उनले भनेर्, नेपालमा पछिल्लो १ वर्ष यतादेखि टायल्सको उत्पादन सुरु भएको हो । यहाँका डिलरहरु भारतको टायल्स बिक्री गर्दै आएका थिए । अब उनीहरुलाई नेपालको टायल्स कस्तो हो, के गुणस्तरको हो भनेर जनचेतना जगाउन नसकिरहेको अवस्था छ । गुणस्तर चिन्ह पाएपछि उनीहरले पनि सो चिन्ह देखेर गुणस्तरिय रहेछ भनेर नेपाली उत्पादन बिक्री गर्न हिचकिचाउँदैनन् ।’
एक वर्ष अघिसम्म नेपालमा शतप्रतिशत टायल्स भारतबाट आयत हुन्थ्यो । अहिले भारतबाट मागको ३३ प्रतिशत मात्रै आयात हुन्छ । बाँकी आन्तरिक उत्पादन खपत हुन्छ । यो पनि ठुलो उपलब्धी भएको अध्यक्ष धिताल बताउँछन् ।

अध्यक्ष धितालका अनुसार नेपालमा सेरामिक टायल्स् उद्याेगहरूमा १८ देखी २० अर्ब रूपैयाँ बराबरकाे लगानी रहेकाे बताए । उनले लामिनार टायल्समा मात्रै ४ अर्ब लगानी रहेकाे जानकारी दिए । गुणस्तर चिन्ह पाएपछि यस क्षेत्रमा थप लगानी बढ्ने उनकाे दाबी छ।

Granite Tiles

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय सदस्य प्रमोद लामिछानेले सेरामिक टायल्समा नेपाल गुणस्तर चिन्ह भएपछि निर्माण क्षेत्रका सरोकारवालाहरुले कुन गुणस्तरको सामाग्री प्रयोग गर्दैछु भन्ने जानकारी प्राप्त हुने ठगिनबाट बचिने बताए । 

गुणस्तर चिन्ह पाएपछि नेपालमा उत्पादन हुने टायल्सको उपयोग बढ्ने हुँदा विदेशबाट आयात घट्छ । हाल विदेशबाट अर्बोको टायल्स आयात हुन्छ । विदेशबाट आयात मात्रै रोकियो भने पनि त्यो अर्बो रुपैयाँ स्वदेशमा नै रहने लामिछानेको भनाई छ । 

उनका अनुसार गुणस्तर चिन्ह प्राप्त भएपछि निर्यात गर्दा पनि सहज हुनेछ । सेरामिक टायल्सका लागि बनाइएको गुणस्तर अन्तराष्ट्रिस्तरको भएकाले यस चिन्ह प्राप्त गरेपछि संसारका जुनसुकै देशमा पनि सहज रुपमा निर्यात गर्न सकिनेछ ।

What is tiling in building construction?