शीर्षकहरू

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको नाफा २२८.२५ प्रतिशतले वृद्धि

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको नाफा २२८.२५ प्रतिशतले वृद्धि

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १९ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२८.२५ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड १ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो। ३ अर्ब ८४ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । 

 कम्पनीले खुद नाफा ५ हजार ७९९.८८ प्रतिशतले बढाएको छ। गत वर्षको सोहि अवधिमा ५७ लाख रुपैयाँ मात्र थियो । यो  अवधिसम्ममा बढेर ३४ करोड १८ लाख रुपैयाँ पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ५६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २१.०९ गुणा रहेको छ।