काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९युएनडीपी० बीच जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर र यसको न्यूनीकरणका लागि सहकार्यको समझदारी भएको छ ।
काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित छलफल कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र युएनडीपीका आवासीय प्रतिनिधी क्योको योकोशुकाबीच जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर र यसको न्यूनीकरणका लागि सहकार्य गर्ने विषयमा समझदारी भएको हो ।
सो अवसरमा चेम्बर अध्यक्ष अग्रवालले हरित अर्थतन्त्रको विकासमा टेवा पुग्नेगरी व्यवसायिक निरन्तर योजना कार्यन्व्यनका लागि पहल गरिने बताए । उनले भने, ‘जलवायु परिवर्तनका कारण व्यवसायमा पर्ने असरको अध्ययन र सो संग सम्वन्धित नीतिको तर्जुमा गर्न तीनै तहको सरकासंग पहल गर्न आवश्यक छ ।’
अध्यक्ष अग्रवालले साना तथा मझौला उद्योगहरुमा बिपदको असरको अध्ययन गर्नुपर्ने र सोको न्यूनीकरणका लागि बीमा लगायतका व्यवस्थाहरुमा सचेतना जगाउनुपर्ने बताए ।