एजेन्सी : भारतीय प्रिमियर लिग अन्तर्गत पन्जाब किंग्स र दिल्ली क्यापिटल बीचको खेल रोकिएको छ । धर्मशालाको एचपीसीए रंगशालामा खेल जारी रहेको अवस्थामा फ्लड लाइट बिग्रिएपछि खेल बीचमा नै रोकिएको भारतीय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् ।
उक्त क्षेत्रमा बिजुली अवरुद्ध हुँदा एचपीसीए स्टेडियमको एउटा लाइट टावरमा खराबी आएको र खेल रोक्नु परेको जनाइएको छ । भारतीय समय अनुसार राति ९ः४० बजेतिर खेल रद्द गरिएको हो ।
खेल रोकिएको समयसम्म पन्जाब किंग्सले १०.१ ओभर खेलिसकेकाे छ । पन्जाबका प्रियांश आर्य ७० रनका साथ मैदानमा छन् । यसैगरी प्रभसिमरन सिंह ५० रन बनाएर मैदानमै छन् ।
त्यस समयसम्म पन्जाबले एक विकेट गुमाएर १२२ रन जोडेको छ ।