शीर्षकहरू

तोलामा एक हजार ४ सय रुपैयाँले घट्यो सुनको भाउ

तोलामा एक हजार ४ सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौँ, । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य कमी आएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज तोलामा  एक हजार ४०० घटेको छ । चाँदीमा भने प्रतितोला  पाँच रुपैयाँले वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९० हजार ८०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी एक हजार ९६० मा बेचबिखन भइरहेको छ । 

बिहीबार प्रतितोला सुन  एक लाख ९२ हजार २०० र त्यति नै परिमाणको चाँदी  एक हजार ९५५ मा खरिदबिक्री भएको थियो । 

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३३३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।