शीर्षकहरू

भारत-पाकिस्तान द्वन्द्वले आईपीएल स्थगित

भारत-पाकिस्तान द्वन्द्वले आईपीएल स्थगित

काठमाडौं । भारत-पाकिस्तान द्वन्द्व चर्किँदा १८औं सिजनको आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले पछिल्लो अवस्थालाई मध्यनजर गर्दै आईपीएल स्थगित गर्ने निर्णय गरेको हो ।

बिहीबार धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल पनि सुरक्षाको कारण देखाउँदै स्थगित गरिएको थियो ।

यसैबीच धर्मशालामा रहेको हिमाचल प्रदेश क्रिकेट संघले रंगशाला खाली गराएको छ। खेलाडीहरूलाई धर्मशालाबाट दिल्ली ल्याउन विशेष रेल चलाइएको थियो। अब पहिलो प्राथमिकता विदेशी खेलाडीहरूलाई घर पठाउनु रहेको बीसीसीआईले जनाएको छ। आईपीएल २०२५ मा मे ८ सम्म ५८ खेलहरू भएका थिए।