शीर्षकहरू

५ करोडले बढ्यो नेपाल लाइफको नाफा, सवा २ खर्ब पुग्यो जीवन बीमा कोषको आकार

५ करोडले बढ्यो नेपाल लाइफको नाफा, सवा २ खर्ब पुग्यो जीवन बीमा कोषको आकार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा ५ करोड १८ लाख रूपैयाँले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक विवरण अनुसार कम्पनीको नाफा ५ करोड १८ लाख रुपैयाँले वृद्धि भएको हो । 

कम्पनीले यस अवधिमा ६५ करोड २२ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ६० करोड ३ लाख ६७ हजार रुपैयाँ थियो । 

यो अवधिसम्म कम्पनीमा बीमा गरेका सक्रिय बीमितको संख्या १७ लाख ४२ हजार जना पुगेका छन् । गत वर्ष १३ लाख २० हजार जना थिए । यस वर्षको ९ महिनामा मात्रै ५ लाख १५ हजार ८१७ जनाले यस कम्पनीमा बीमा गरेका छन् । 

गत वर्षको ९ महिनामा १ लाख ८० हजार ९४२ जनाले बीमा गरेका थिए । ९ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रति शेयर नेटवर्थ १३५.८१ रूपैयाँ रहेको छ । पीई अनुपात ७०.०१, प्रति शेयर आम्दानी ९.६३ रुपैयाँ र औसत प्रतिफल दर ९.८१ रुपैयाँ रहेको छ । 

जीवन बीमा कोषमा २ खर्ब २५ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । कम्पनीले हालसम्म १ खर्ब ८७ अर्ब ६ करोड रुपैयाँ बढी विभिन्न क्षेत्रलमा लगानी गरेको छ । कम्पनीले लगानी विविधीकरणको नीति अंगालेको छ । जसका लागि हालै कम्पनीले इन्भेस्टमेन्ट कम्पनी पनि स्थापना गरेको छ ।