शीर्षकहरू

२ करोडले बढ्यो नेशनल लाइफको नाफा, यस्ता छन् अन्य सूचक

२ करोडले बढ्यो नेशनल लाइफको नाफा, यस्ता छन् अन्य सूचक

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा सामान्य वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक विवरण अनुसार कम्पनीको खुद नाफा २ करोड रूपैयाँले वृद्धि भएको हो । 

कम्पनीले यस अवधिमा ४० करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ३८ करोड ८३ लाख रुपैयाँ थियो । 
यो अवधिसम्म कम्पनीमा बीमा गरेका सक्रिय बीमितको संख्या १५ लाख ३४ हजार जना पुगेका छन् । गत वर्ष १५ लाख ८९ हजार जना थिए । यस वर्षको ९ महिनामा मात्रै ३ लाख ८५ हजार जनाले यस कम्पनीमा बीमा गरेका छन् । 

गत वर्षको ९ महिनामा ५ लाख ३१ हजार जनाले बीमा गरेका थिए । ५ अर्ब २१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रति शेयर नेटवर्थ १३६.४७ रुपैयाँ रहेको छ । पीई अनुपात ५७.५६, प्रति शेयर आम्दानी १०.४९ रुपैयाँ रहेको छ । 

जीवन बीमा कोषमा ८१ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । कम्पनीले हालसम्म ६६ अर्ब ६५ करोड रुपैयाँ बढी विभिन्न क्षेत्रमा लगानी गरेको छ । कम्पनीले लगानी विविधीकरणको नीति अंगालेको छ ।