काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको ९ महिनामा करिब ९० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनले यो अवधिमा ८९ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
कम्पनले गत आवको सोही अवधिमा ८८ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आवको तुलनामा कम्पनीको खुद नाफा १.८८ प्रतिशतले वृद्धि भएको छ ।
यो अवधिमा कम्पनीको कुल आम्दानी ८.२३ प्रतिशतले वृद्धि भएको छ भने कुल खर्च ३९.३६ प्रतिशतले वृद्धि भएको छ । ब्याज ब्याज आम्दानी ३२.०३ प्रतिशतले घट्दा सेवा शुल्क तथा कमिशन आम्दानी १५.०६ प्रतिशत बढेको छ।
चैत मसान्तसम्म कम्पनीको ईपीएस ३ रुपैयाँ ६५ पैसा घटेर १८ रुपैयाँ ४९ पैसामा झरेको छ । प्रतिशेयर नेटवर्थ १४७.४५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १०५.१४ गुणा रहेको छ।
यस कम्पनीको चुक्ता पुँजी ६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ र जगेडा कोषमा ३ खर्ब ७२ करोड रुपैयाँ रहेको छ ।