शीर्षकहरू

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले चुक्ता पूँजीको २.६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये कम्पनीले २।५० प्रतिशत अर्थात् ६ करोड २५ लाख ६६ हजार ४४८ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.१३ प्रतिशत अर्थात् ३२ लाख ९२ हजार ९७१ रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। कम्पनीको हाल चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख रुपैयाँ रहेको छ । 

उक्त प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृत र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि  लगानीकर्तामा वितरण गर्ने कम्पनीले जनाएको छ ।