चितवन । जि मोटर्स प्रालिले एच३आर मोटर्स प्रालिलाई स्काईवेल गाडीको आधिकारिक डिलरमा नियुक्त गरेको छ । आइतबार चितवनको भरतपुरमा रहेको उक्त कम्पनीलाई जि मोटर्सले आधिकारिक डिलरको रुपमा नियुक्त गरेको हो ।
उक्त कार्यक्रममा जि मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलाल र एच३आर मोटर्सका अध्यक्ष हरी भण्डारीको उपस्थिति रहेको थियो ।
उक्त डिलर शोरुम शुभारम्भकै भएकै दिन कृष्ण रेग्मिले स्काईवेल बीई११ खरिद गरेर सो डिलरको पहिलो ग्राहक बनेका छन् । स्काईवेल बीई११ ले ५२० किलोमिटरसम्मको रेन्ज दिन्छ । नेपालमा भित्रिएको मध्ये सबैभन्दा धेरै रेन्ज दिने गाडीको रुपमा उक्त गाडीलाई चिनिन्छ ।
स्काईवेल गाडी प्रति पछिल्लो समय आकर्षण बढ्दै गएको र कम्पनीले चार्जिङ स्टेशन, सर्भिस सेन्टर र डिलरहरुको संख्या पनि विस्तार गर्दै अघि बढेको प्रबन्ध निर्देशक गेलालले बताए ।