शीर्षकहरू

प्राधिकरणका सब-इन्जिनियरविरुद्ध ३ करोड ६३ लाखको भ्रष्टाचार मुद्दा

प्राधिकरणका सब-इन्जिनियरविरुद्ध ३ करोड ६३ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । उपत्यका विकास प्राधिकरण अन्तर्गत दिव्येश्वरी जग्गा एकीकरण आयोजना, भक्तपुरमा कार्यरत सब–इन्जिनियर कुमार पौड्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे तीन करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ।

आयोगले आइतबार विशेष अदालतमा दायर गरेको अभियोग पत्रमा पौड्यालले ९ वैशाख २०५१ देखि ३१ असार २०८० सम्मको अवधिमा पदको दुरुपयोग गरी ३ करोड ६३ लाख २१ हजार २०७ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको उल्लेख छ। अख्तियारका अनुसार उनले आर्जन गरेको सम्पत्ति वैध आम्दानी स्रोतविहीन रहेको र कानुनी प्रक्रिया विपरीत आर्जित देखिएको हो।

पौड्यालविरुद्ध सरकारी सेवामा रहँदा निजामती सेवा आचारसंहिता तथा आर्थिक अनुशासनको उल्लङ्घन गर्दै गैरकानुनी तरिकाले सम्पत्ति बढाएको दाबी गरिएको छ। अख्तियारका अनुसार उनले पदिय मर्यादा र सेवा सर्तको विपरीत व्यक्तिगत लाभका लागि विभिन्न निर्णय, सिफारिस तथा अन्य काममा प्रभाव पारेका थिए।