काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले एक वर्षमा गर्ने व्यवसायीक लक्ष्य ९ महिनामा नै पुरा गरेको छ । कम्पनीले चालु आर्थिक वर्षका लागि राखेको लक्ष्य ९ महिनामा नै पुरा गरेको जनाएको छ ।
लक्ष्य पुरा गरेको अवसरमा शनिबार बिजनेस रिभ्यू एण्ड मार्केटिङ स्टार्टटेजि वर्कसप, २०२५ सम्पन्न गरिएको कम्पनीका सूचना अधिकारी सुशान्त थापाले जानकारी दिए । सूचना अधिकारी थापाका अनुसार उक्त समारोहमा कम्पनीको उच्च व्यवस्थापन सहित सम्पूर्ण विभागीय प्रमुखहरु, शाखा प्रबन्धकहरू तथा अन्य कर्मचारी समेतकाे सहभागिता रहेको थियो ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र नाथ रिजालले समय अगावै लक्ष्य पूरा गर्न सफल भएकोमा सहयोग गर्ने सबैलाई धन्यवाद तथा बधाई प्रदान दिएका थिए ।
बधाई दिइँदै उनले थपे, 'लघु बीमाको लक्ष्य पूरा गर्न सबै कर्मचारी एकजुट भएर कार्य गर्नुपर्ने हाम्रो दायित्व रहेको छ ।’
सोही क्रममा कम्पनीले हेटौडा ब्रान्चका प्रमुख निरजन श्रेष्ठलाई बेस्ट ब्रान्चको पुरष्कार प्रदान गरेको छ ।