काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री पौडेलले करबाहेक बजेट सबन्धित विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् ।
उनले संसदले पारित गरेको नीति तथा कार्यक्रम अनुरुप सिद्धान्तहरुका आधारमा बजेट आउने बताए । उनले मौलिक हक तथा राज्यका निर्देशक सिद्धान्तको कार्यान्वयन, सवल अर्थतन्त्र निर्माण गर्ने,उत्पादनमुखी विकासको ढाँचा अबलम्वन गर्ने, उद्यमशिलता र उत्पादकत्व अभिवृद्धि गर्ननविनतम प्रवृतिको प्रयोगलाई प्रवद्र्धन गरिने बताए । उनले अर्थतन्त्रका उदयमान क्षेत्रलाई प्रोत्साहन गरिने,निजी क्षेत्र मैत्री,प्रतिस्पर्धी र आत्मनिभर अर्थतन्त्र निर्माणमा जोड दिने बताए ।
अर्थमन्त्री पौडेलले समाजवाद उन्मुख अर्थतन्त्रको आधार शिला तयार बनाउने बताए । उनले सन्तुलित र समावेश विकासका लागि संघ प्रदेश र स्थानीय तह तथा साझेदारी ,निजी, सहकारी र समुदायबीचको सहकार्यलाई समन्वय र सुदृढ बनाईने बताए । उनले संविधानमा उल्लेखित संघ, प्रदेश र स्थानीय तहको अधिकारको सूचिलाई बजेट कार्यान्वयनको मूख्य आधार बनाईने बताए ।
उक्त बिधेयक माथी बैशाख ३० देखी जेठ २ गतेसम्म छलफल गरिने सभामुख देबराज घिमिरेले जानकारी दिएका छन् ।