काठमाडौं । आरजु देउवाका छोरा जयबिर देउवाले हिलटन होटल खरिद गरेको समाचारहरू प्रकाशित भएपछि शंकर ग्रुपले त्यसको खण्डन गरेको छ । केही सञ्चार माध्यमहरुमा जयबिरले हिलटन होटल खरिद गरेको भन्ने समाचार प्रकाशन भएपछि शंकर ग्रुपले त्यसमा सत्यता नभएको भन्दै समाचारको खण्डन गरेको छ ।
शंकर ग्रुप र जगदम्बा हस्पिटालिटी ग्रुप लिमिटेडले आइतबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै हिलटन होटल बिक्री प्रक्रियामा नै नभएको र त्यसबारे छलफल समेत नभएको जनाएको छ । उक्त हाेटल जयबिरले खरिद गरेको भन्दै प्रकाशित भएको समाचारप्रति आफुहरुको ध्यानाकर्षण भएको समेत विज्ञप्तिमा उल्लेख छ ।
यसरी भ्रामक समाचार प्रसारण भएको भन्दै त्यसको कानूनी उपचार खोजने पनि विज्ञप्तिमा भनिएको छ ।