शीर्षकहरू

गभर्नर बन्ने पक्का भएपछि सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा

गभर्नर बन्ने पक्का भएपछि सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा

काठमाडौ । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्य विश्व पौडेलले राजीनामा दिएका छन्। राष्ट्र बैंकको गभर्नर बन्ने चर्चाकाबीच पौडेलले सिफारिस समितिबाट संयोजक एवं अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा बुझाएका हुन् ।

उनले आज (आइतबार) नै समितिका संयोजक तथा अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा बुझाएका हुन्। विश्व पौडेलले अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा पठाइसकेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । समितिमा संयोजक अर्थमन्त्री पौडेल, तत्कालिन गभर्नर महाप्रसाद अधिकारी र पौडेल सदस्य थिए ।

नेपाली काँग्रेसले उनलाई नेपाल राष्ट्र बैंकको गभर्नरका लागि सिफारिस गर्ने चर्चा चलेपछि उनले राजीनामा दिएका हुन । काँग्रेसले गभर्नर पदका लागि विश्व पौडेलको नाम प्रस्ताव गरेपछि समितिमा उनको भूमिकालाई लिएर स्वार्थ बाझिने सम्भावना देखिएकोले राजीनामा दिएको बुझिएको छ । कांग्रेसले गभर्नरका लागि अघि सारेका राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टको राजीनामा कामु गभर्नर निलम ढुंगानाले स्वीकृत नगरपछि गभर्नर नियुक्तिको बिषयले नयाँ मोड लिएको हो ।

विश्व पौडेल गत निर्वाचनमा चितवन १ बाट कांग्रेसको उम्मेदवार थिए। नेपाल राष्ट्र बैंकको गभर्नर पद गएको चैत्र २४ गतेदेखि रिक्त रहेको छ। डेपुटी गभर्नर निलम ढुङ्गानाले कामु गभर्नरको रूपमा जिम्मेवारी सम्हाली रहेकी छन्।