शीर्षकहरू

स्वरोजगार लघुवित्तको साधारणसभा आज के के प्रस्ताव पारित गर्दै छ ?

स्वरोजगार लघुवित्तको साधारणसभा आज के के प्रस्ताव पारित गर्दै छ ?

काठमाडौं । स्वरोजगार लघुवित्तको साधारणसभा आज वैशाख २९ गते बस्दैछ । आजको साधारणसभाले कम्पनीले प्रस्ताव गरेको चुक्ता पुँजी ६९ करोड छ लाख ८२ हजार दुई सय ९३ रुपैयाँमध्येबाट कर प्रयोजनको लागि शून्य दशमलव ७१ प्रतिशतका दरले हुन आउने ४९ लाख सात जार चार सय ७९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । 

यसैगरी हाल कायम रहेको चुक्ता पुँजीको १३ दशमलव पाँच प्रतिशतका दरले हुन आउने नौ करोड ३२ लाख ४२ हजार एक सय १० रुपैयाँ बराबरको बोनस सेयर वितरणको प्रस्ताव पारित गर्ने तयारी पनि संस्थाको रहेको छ ।

लघुवित्तले वैशाख ११ गते बुक क्लोज गरिसकेको थियो । त्यस्तै, वैशाख १० गतेसम्म कायम रहने शेयरधनीहरु उक्त सभामा उपस्थिति हुन पाउने छन् । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ ।