काठमाडौं । आज सोमबार सुनको भाउ तोलाको ३ हजार ७ सय रुपैयाँले घटेकोे छ । यस दिन प्रतितोला छापावाला सुन एक लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ
हिजो तोलाको एक लाख ९० हजार ५ सय रुपैयाँ थियो ।
चाँदीको भाउ १० रुपैयाँले घटेर तोलाको १ हजार ९ सय ६० रुपैयाँ कायम भएको छ ।