शीर्षकहरू

पर्याप्त तयारी गरेर मात्रै व्यावसायिक कर्जा लिन राष्ट्र बैंकको आग्रह

पर्याप्त तयारी गरेर मात्रै व्यावसायिक कर्जा लिन राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले पर्याप्त तयारी गरेर मात्रै व्यावसायिक कर्जा लिन आग्रह गरेको छ । केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि सन्देश जारी गर्दै व्यावसायिक कर्जा विलासिताका लागि नभई प्रगतिको आधार भएको बताउँदै यस्ता कर्जालाई सही ठाउँमा लगानी गर्न अनुरोध समेत गरेको छ ।

नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले जारी गरेको सन्देशमा भनिएको छ । 'व्यवसायको उन्नति र प्रवद्र्धनका लागि एक महत्वपूर्ण साधन व्यावसायिक कर्जा हो।यस्तो कर्जा व्यावसायिक प्रयोजनहरू जस्तै मेसिनहरू खरिद गर्न, स्तरोन्नति गर्न, अद्यावधिक गर्न, व्यवसायलाई फराकिलो बनाउन वा व्यापार/व्यवसायमा नयाँ अवसरहरू सिर्जना गर्नका लागि लिने गरिन्छ । तर, पर्याप्त तयारीबिनै त्यस्तो कर्जा लिइयो भने यो बोझ बन्न सक्छ । स्मरण रहोस् ! व्यावसायिक कर्जा विलासिताका लागि होइन, प्रगतिको आधार हो । कर्जालाई सही ठाउँमा लगानी गरौं र आर्थिक अनुशासन अपनाउँदै आफ्नो र परिवारको वित्तीय छवि उज्यालो बनाऔँ ।'

बुद्धिमानी निर्णय लिई जिम्मेवार रूपमा कर्जाको उपयोग गरौँ ।

null