काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २७ प्रतिशत हकप्रद शेयर विक्री गर्न लागेको हो।
इन्स्योरेन्सले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
हाल इन्स्योरेन्सको चुक्ता पूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ हुने छ ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बैशाख ५ गते बुकक्लोज गरेको थियो भने बैशाख ४ गतेसम्म नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।