शीर्षकहरू

३७ प्रतिशतले बढ्यो रिलायबल लाइफको खुद नाफा, यस्ता छन् अन्य सूचक

३७ प्रतिशतले बढ्यो रिलायबल लाइफको खुद नाफा, यस्ता छन् अन्य सूचक

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक विवरण अनुसार कम्पनीको खुद नाफा १२ करोड ५५ लाख रूपैयाँले वृद्धि भएको हो । 

कम्पनीले यस अवधिमा ४६ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ३४ करोड २ लाख रुपैयाँ थियो । तुलनात्मक रुपमा कम्पनीको खुद नाफा ३७ प्रतिशतले वृद्धि भएको छ । 

यो अवधिसम्म कम्पनीमा बीमा गरेका सक्रिय बीमितको संख्या २४ लाख ८० हजार जना पुगेका छन् । गत वर्ष ३१ लाख ५१ हजार जना थिए । यस वर्षको ९ महिनामा मात्रै ८५ हजार जनाले यस कम्पनीमा बीमा गरेका छन् । 

गत वर्षको ९ महिनामा ३ लाख २५ हजार जनाले बीमा गरेका थिए । ४ अर्ब ६४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रति शेयर नेट वर्थ १६७.९७ रुपैयाँ रहेको छ । पीई अनुपात ३९.८८ गुणा, प्रति शेयर आम्दानी १३.३८ रुपैयाँ रहेको छ । 

जीवन बीमा कोषमा १२ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । कम्पनीले हालसम्म १९ अर्ब ४८ करोड रुपैयाँ बढी विभिन्न क्षेत्रमा लगानी गरेको छ ।