शीर्षकहरू

स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद राईविरुद्ध मुद्दा दायर

स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद राईविरुद्ध मुद्दा दायर

काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

वैशाख १३ मा काठमाडौंको कपनबाट पक्राउ परेकी राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राईविरुद्ध दुई करोड ४० लाख ४४ हजार ७९० रुपैयाँ विगो तिर्नुपर्ने मागसहित मंगलबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेको हो ।

स्वर्णलक्ष्मीसहित विभिन्न पाँच सहकारीमा ओखलढुंगाका गितेन्द्र राई, पूर्वगृहमन्त्री रवि लामेछानेसहितका आरोपी छन् ।