काठमाडौं । नेपालका लागि हुन्डाई सवारीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले चितवनमा क्रेटा ईभी सार्वजनिक गरेको छ । कम्पनीको आधिकारिक डिलर पिनाकल टे«डिङ प्रालिमा उक्त गाडी सार्वजनिक गरेको हो ।
सोही क्रममा कार्यक्रम स्थालबाटै ५ वटा गाडी ग्राहकलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । हुन्डाई नेपालले ग्राहकलाई प्रदान गरिरहेको गुणस्तरीय सेवा र विश्वसनीयताले उपभोक्ताको मन जित्न सफल भएको कम्पनीको दाबी छ ।
यसैगरी, हुन्डाईको क्रेटा गाडी ईभी भर्जनमा नेपाल भित्रिएसँगै ईभी प्रति मानिसहरूमा भएको शंका तोडिएको कम्पनीले जनाएको छ । मानिसहरूमा विशेषगरी गाडी खरिद गरेपछि त्यसमा स्पेयर पार्ट्स, सर्भिस लगायतका विषयमा शंका हुने गरेको थियो । कम्पनीले हाल आईस (पेट्रोल) भर्जनको गाडी नेपालमा नै उत्पादन गर्न थालिसकेको छ । आईस र ईभी दुवै भर्जनमा एउटै पाटर्सहरु प्रयोग हुने भएकाले कुनै समस्या नहुने कम्पनीको भनाई छ ।
यसैगरी, कम्पनीले रि लक्स डीसी र एसी गरी ६६ स्थानमा चार्जिङ स्टेसन सुरु गरेको छ । त्यसकारण, हुन्डाईको आईस र ईभी कुनै पनि गाडीको स्पेयर पार्टस्, सर्भिस, चार्जिङ स्टेशनको कमी नहुने कम्पनीको दाबी छ ।