शीर्षकहरू

शेयर संरचना परिवर्तन गर्दै एनएमबी लघुवित्त, इच्छा नभएका शेयरधनीले २१ दिनभित्र निवेदन दिनुपर्ने

शेयर संरचना परिवर्तन गर्दै एनएमबी लघुवित्त, इच्छा नभएका शेयरधनीले २१ दिनभित्र निवेदन दिनुपर्ने

काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्थाले शेयर संरचना परिवर्तन गर्ने तयारी थालेको छ । संस्थाले ६० प्रतिशत रहेको संस्थापक शेयरलाई ५१ प्रतिशत रहने गरी परिवर्तन गर्ने तयारी गरेको हो । 

यसका लागि आवश्यक प्रक्रिया अघि बढिरहेको संस्थाले जनाएको छ । यसै सन्दर्भमा कुनै पनि संस्थापक शेयरधनीलाई शेयर परिवर्तन गर्न इच्छा नभएमा २१ दिनभित्र निवेदन दिन पनि संस्थाले आह्वान गरेको छ । यदि २१ दिनसम्म कुनै निवेदन नपरेमा शेयर परिवर्तन गर्न इच्छा रहेको बुझिने र परिवर्तनका लागि थप प्रक्रिया अघि बढ्ने पनि संस्थाले स्पष्ट पारेको छ । 

इच्छा नभएका संस्थापक शेयरधनीले संस्थाको केन्द्रीय कार्यालय न्युरोड, पोखरामा लिखित रुपमा निवेदन पेश गर्नुपर्ने छ ।