शीर्षकहरू

पोखराको पुम्दिमा बस पल्टियो, २२ जना घाइते

पोखराको पुम्दिमा बस पल्टियो, २२ जना घाइते

काठमाडौं । पोखराको पुम्दि स्थित दहरा घुम्तीनजिकै स्तुपाबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ । ग १ ख ३८८६ नम्बरको बस नियन्त्रण गुमाएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बस घुम्तीबाट खसेको हो ।

दुर्घटनामा परेर चालक र सहचालकसहित २२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी हरि बस्नेतले जानकारी दिए । उनका अनुसार घाइतेहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ । बसमा २६ जना सवार रहेको थिए।