काठमाडौ । पछिल्लो ४ कारोबार दिनमा शेयर बजार लगातार दोहोरो अंकले घटिरहेको छ । सूचकका दबाब पर्दा कारोबार रकम समेत घटेको छ बुधबार नेप्से १३.९६ अंक घटेको छ । योसँगै नेप्से २६२० अंकमा कायम भएको छ । नेप्सेसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब ६३ करोडको कारोबार भएकोमा बुधबार ८ अर्ब ७३ करोडको भयो । ६२ कम्पनीको मूल्य बढ्दा १८३ को घट्यो भने एउटाको स्थिर रह्यो ।
१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक २.४६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएका होटल तथा पर्यटन, जलविद्युत, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।
यस दिन एक स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। सो कम्पनीको शेयरमूल्य यस दिन ५२ रुपैयाँ ५० पैसा बढेर ५७८ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ।
त्यस्तै, यस दिन पिपुल्स पावरको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ९.९८ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५९ करोड ३२ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन युनिभर्सल पावर कम्पनीको करिब साढे ५१ करोडको शेयर किनबेच भएको छ भने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको ५१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।