काठमाडौं । गैरआवासीय नेपाली संघ ९एनआरएनए० का अध्यक्ष बद्री केसीले गैरआवासीय नेपालीलाई लगानीमैत्री वातावरण तयार गर्न आग्रह गर्नुभएको छ।बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ कार्यक्रममा अध्यक्ष केसीले उक्त आग्रह गरेका हुन्। उनले नेपालमा लगानी गर्ने सहज वातावरण अझैपनि नभएको भन्दै आर्थिक समृद्धिका लागि एनआरएनलाई लगानीमैत्री वातावरण बनाउन सरकारसँग आग्रह गरेका हुन्।
‘समृद्ध नेपाल बनाउन हामी गैरआवासीय नेपालीहरूले साथ दिन्छौँ तर, हाम्रा माग सम्बोधन गर्न सरकार तयार हुनुपर्छ’ अध्यक्ष केसीले भने, ‘आर्थिक राजनीति र सामाजिक अधिकारका लागि हामीले उठाएका माग पूरा गर्न सरकारले सहयोग गरोस्। लगानीमैत्री वातावरण बनाएमा गैरआवासीय नेपालीले स्वदेशमा लगानी गरेर रोजगारी वृद्धि तथा आर्थिक विकासमा सहयोग गर्नेछन्।’
गैरआवासीय सबै नेपालीलाई छिटो र सहज रूपमा नागरिकता उपलब्ध गराउने वातावरण तय गर्नका लागि पनि केसीले सरकारसँग आग्रह गरे। संघका उपाध्यक्ष रोजिना प्रधान राईले गैरआवासीय नेपालीले मुलुकको सामाजिक, आर्थिक विकासमा योगदान गर्दै आइरहेको बताइन्। साथै एनआरएनएमा देखिएका विविध चुनौतीहरू समाधान भएमा अझै योगदान बढ्ने उनको भनाइ छ।
‘हामीले उठाएका मागहरू अझैपनि छायाँमा छन्। ती माग ९एजेण्डा० कार्यान्वयनका लागि संघकातर्फबाट म सरकारसँग आग्रह गर्दछु’ उपाध्यक्ष राई भन्छिन्, ‘आर्थिक विकासमा देखिएका चुनौतीसहित अन्य विषयमा ग्लोबल कन्क्लेभमा छलफल गछौँ।’ उपाध्यक्ष टिबी कार्कीले एनआरएनएमा पराजित समूहले अनावश्यक विरोध गर्दा समस्या पैदा भइरहेको बताउनुभयो। रासस