काठमाडौं । झापाको काँकडभिट्टा देखि कञ्चनपुरको गड्डाचौकिसम्मको विद्युतीय रेलमार्गको प्रगति कछुवाको गतिभन्दा सुस्त भएको छ । काँकडभिट्टा गोलपार्कसम्मको ९ सय २४.९८ किलोमिटर र लिंकमार्गहरु समेत १ हजार ३ किलोमिटर विद्युतीय रेलमार्गको निर्माण प्रगति अत्यन्त सुस्त भएको महालेखा परीक्षकको कार्यालयले ठहर गरेको छ ।
२०६८/०६९ मा सम्पन्न गरिसक्ने सर्त अनुसार २०६५/६६ मा उक्त आयोजनाको निर्माण कार्य सुरु भएको थियो । लागत ९ खर्ब ५५ अर्ब २२ करोड हुने भनिएको थियो । तर, पछि लागत शंसोधन गरेर १५ खर्ब पुग्ने अनुमान गरिएको छ ।
उक्त रेलमार्ग २०८१ असार मसान्तसम्म ६५ किलोमिटरमा ट्र्याकबेड तथा १६ पुल निर्माण सम्पन्न भएको र ५५३ बिघा जग्गाको मुआब्जा समेत हालसम्म ३३ अर्ब ४५ करोड खर्च भएको छ ।