शीर्षकहरू

गभर्नर नियुक्तिका लागि फेरि सिफारिस समिति पुनःगठन

काठमाडौं । सरकारले  नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सिफारिस गर्न गठित समिति पुनःगठन गरेको छ । पुनःगठित समितिको संयोजकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री रहेका छन भने सदस्यमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा पोषराज पाण्डे छन ।

त्यस्तै, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको गठन गरेको छ । मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ बमोजिम गठित सिफारिस समितिको सिफारिसबमोजिम दुवै आयोगका अध्यक्ष र सदस्य नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्षमा (सङ्खुवासभा) का महेश थापा तथा सदस्यमा अचुतप्रसाद भण्डारी (जाजरकोट), डा टीकाप्रसाद ढकाल (पाँचथर), पदमबहादुर शाही (जुम्ला) र कुमारी कौशल्य ओझा (कञ्चनपुर) रहेका छन ।

त्यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा लीलादेवी गड्तौला.(तेह्रथुम) तथा सदस्यमा गोपालनाथ योगी (सल्यान), अग्निप्रसाद थपलिया (झापा), सिर्जना पोखरेल (काठमाडौँ) र विनिता नेपाली (कास्की०) सदस्य रहेका छन ।