काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले जेठ २३ गतेका लागि दोस्रो वार्षिक साधारणसभा आह्वान गरेको हो ।
सभा वीरेन्द्रनगर, सुर्खेतमा बिहान ११ बजेदेखि सुरु हुनेछ । साधारणसभा प्रयोजनका लागि कम्पनीले जेठ ९ गते बुक क्लोज गर्ने भएको छ ।
साधारण प्रस्ताव :
१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत आ.व. २०८० / ०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।
२) लेखापरिक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०८०/०८१ को नाफा / नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने सम्बन्धमा ।
३) कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०६१ / ०८२ को लागि बाह्य लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा । (प्रचलित ऐन नियम अनुसार लेखा परिक्षक श्री J.N. Upadhyay & Co. पुनः नियुक्तीको लागि योग्य हुनु हुन्छ ।
४) सर्बसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने २ जना संचालकहरुको नियुक्ति (निर्वाचन) गर्ने सम्बन्धमा ।