काठमाडौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ । एलआइसी नेपालको बुधबार बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम ५ अर्ब रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस शेयर घोषणा गरेको हो । प्रस्तावित बोनस सेयर नियामक नेपाल बीमा प्राधिकरण र एलआइसी नेपालको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुने ।