काठमाडौँ । पूर्वमन्त्री मोहनबहादुर बस्नेतको सांसद पदबाट निलम्बित भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी निलम्बनमा परेका हुन् ।
आयोगले बिहीबार बस्नेतसहित १६ जना व्यक्ति र दुई कम्पनी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । टेराम्याक्स खरिद प्रक्रियामा अनियमितता गरेको भन्दै तिनीहरुविरुद्ध विशेषमा मुद्दा चलाएको हो ।
अख्तियारले ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ विगो कायम गरी भष्ट्राचारको आरोप पत्र दायर गरेको हो । उनी सिन्धुपाल्चोक-२ बाट निर्वाचित कांग्रेस सांसद हुन् ।