काठमाडौ । पछिल्लो ५ कारोबार दिनमा शेयर बजार लगातार घटिरहेको छ। सूचकका दबाब पर्दा कारोबार रकम समेत घटेको छ । अघिल्ला ४ कारोबार दिन दोहोरो अंकले घटेको नेप्से साताको अन्तिम दिनको कारोबारमा भने एकल अंकले मात्र घटेको छ ।
बिहीबार नेप्से ७.३७ अंकले घटेको छ । योसँगै नेप्से २६१२.८९ अंकमा कायम भएको छ । नेप्सेसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ८ अर्ब ७३ करोडको भएकोमा बिहीबार ७ अर्ब ८ करोडको कारोबार भएको छ । यसदिन १६४ कम्पनीको शेयर मूल्य घटेको छ । ८२ कम्पनीको बढ्दा एउटाको भने स्थिर रहेको छ ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । यस दिन होटल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ४.८९ प्रतिशत बढेको छ । विकास बैंक समूहको सबैभन्दा धेरै २.२१ प्रतिशतले घटेको छ ।