शीर्षकहरू

देशभर टाटाको ‘प्रि-बजेट एक्सचेन्ज फेस्ट’

देशभर टाटाको ‘प्रि-बजेट एक्सचेन्ज फेस्ट’

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले जेठ १ गते बिहीबारदेखी प्रि-बजेट एक्सचेन्ज फेस्ट आयोजना सुरू गरेकाे छ । यो आयोजना जेठ ४  गतेसम्म चार दिनसम्म सञ्चालन हुनेछ । 

यस मेलामा कुनै पनि ब्रान्डको पुरानो गाडी दिएर टाटाको नयाँ इलेक्ट्रिक गाडी साट्न सकिने छ । यसबाट उनीहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरीज, र जीवनभर निःशुल्क चार्जिङ जस्ता सुविधा पाइने छ । साथै, ८० प्रतिशतसम्म वित्तीय सुविधा पनि उपलब्ध हुनेछ, जसले इलेक्ट्रिक गाडी किन्ने प्रक्रिया अझै सजिलो बनाउने विश्वास कम्पनीले लिएको छ । 

टाटा टियागो, कर्भ, पन्च, र नेक्सन के३ ईभी जस्ता लोकप्रिय इलेक्ट्रिक मोडेमहरूमा यो अफर लागू हुनेछ । अतिरिक्त रूपमा, निःशुल्क चार्जिङ बक्स र त्यसको जडान सुविधा पाइने छ । इच्छुकले देशभरमा रहेका सिप्रदीको आधिकारीक सोरुममा गई मेलाको अवलोकन तथा ईभी गाडीहरु टेस्ट ड्राईभ गर्न सकिने जनाएको छ ।