शीर्षकहरू

रन वे चर्किएको आशंकापछि जहाज आकाशमै रोकिए रोकिए

रन वे चर्किएको आशंकापछि जहाज आकाशमै रोकिए रोकिए

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रन वे चर्किएको आशंकापछि जहाज आकाशमै रोकिएका छन् । रन वे चर्किएको आशंकापछि जहाज करिब आधा घण्टा आकाशमै रोकिएका हुन् ।

रन वे बिग्रिएको भन्ने सूचनाका आधारमा चेक जाँच गर्न केहीबेर जहाज होल्ड विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए । शंका लागेर चेकजाँच गरिएको र त्यस्तो केही पनि खराबी नपाइएको उनले बताए ।

प्रवक्ता शेर्पाका अनुसार अहिले जहाज उडान र अवतरण भइसकेका छन् ।