काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ८ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले जेठ २६ गतेका लागि सभा बोलाएको हो ।
आम्रपाली ब्याङक्वेट, भाटभटेनीमा सभा बिहान ११ बजेदेखि सुरु हुनेछ । वार्षिक साधारणसभा प्रयोजनका लागि जेठ १६ गते बुक क्लोज हुने कम्पनीले जनाएको छ ।
यस्ता छन् साधारण सभामा पेश हुने प्रस्तावहरू
क) अध्यक्षज्यूको मन्तव्य तथा सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।
ख) लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०५०/५१ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पारित गर्ने ।
ग) कम्पनी ऐन, २०६३ को दफा १११ (३) बमोजिम आ.ब.२०८१/८२ को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण सम्बन्धमा (हालका लेखापरीक्षक पुनः नियुक्तिका लागि योग्य हुनुहुन्छ)
घ) संचालकहरुको नियुक्ति अनुमोदन गर्ने ।
ङ) प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायहरूले फेरबदल, थपघट गर्न कुनै सुझाव वा निर्देशन दिएमा वा कुनै भाषिक फेरबदल गर्नु पर्ने भएमा सो अनुसार गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने ।
विशेष प्रस्ताव
क) आ.व.२०८०/८१ को संचित मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको ८ प्रतिशतका दरले हुन आउने रकम बराबरको बोनस शेयर वितरण गर्ने तथा सो वापतको हुन आउने कर प्रयोजनको (कर लाग्ने भएमा) निमित्त ०.४२१ प्रतिशत को नगद लाभांश पारित गर्ने ।
ख) सातौं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको ७ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय भएकोमा प्रस्तावित बोनस शेयर वितरण पश्चात नियामक निकायले तोकेको चुक्ता पूंजी कायम हुने भएकोले उक्त निर्णय रद्द गर्ने प्रस्ताव पारित गर्ने ।
ग) बोनश शेयर जारी पश्चात हुन आउने रु. ५,१०,३६,४८,००० बराबर चुक्ता पूँजी कायम गर्ने तथा सोही अनुसार प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
घ) कम्पनी ऐनको दफा १०५ (१) (ग) मा भएको व्यवस्था बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वर्च भएको रकम अनुमोदन गर्ने ।