शीर्षकहरू

चितवनमा बस दुर्घटना, १५ जना घाइते

चितवनमा बस दुर्घटना, १५ जना घाइते

चितवन । पूर्व पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–१० मा यात्री वाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । 

लहानबाट काठमाडौँतर्फ गइरहेको प्रदेश १–०२–००१ ख ९१६२ नम्बरको बस दुर्घटना हुँदा १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए । बसमा ३९ जना सवार थिए ।

घाइतेमध्ये चार जनाको पुरानो मेडिकल कलेज र अन्यको बकुलहर अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।